युरोकप छनोटमा पोर्चुगलको शतप्रतिशत जित

काठमाण्डु टुडे २०८० मंसिर ४ गते ११:३५ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– युरोकप २०२४ को छनोटमा पोर्चुगलले शतप्रतिशत जित निकाल्न सफल भएको छ । युरोकप २०२४ अर्को वर्ष जर्मनीमा हुँदै छ ।

समूह ‘जे’अन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले ३७औं र रिकार्डो होर्थाले ६६औं मिनेटमा गोल गरेर पोर्चुगललाई सफलता दिलाएका हुन ।

सबै १० खेल जितेको पोर्चुगलले ३० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पोर्चुगल यसअघि नै युरो कपमा छनोट भइसकेको छ । गत जनवरीमा रोबर्टो मार्टिनेज प्रशिक्षक नियुक्त भएपछि पोर्चुगलले २०२३ मा खेलेको हरेक खेल जितेको छ ।

अब छनोटमा फ्रान्सले मंगलबार ग्रीसलाई पराजित गरेमा शतप्रतिशत जित निकाल्ने पोर्चुगलको उपलब्धि बराबरी गर्न सक्नेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us