रुकुम पश्चिममा जिप दुर्घटना, २२ यात्रु घाइते, ५ जनाको अवस्था गम्भीर

काठमाण्डु टुडे २०८० मंसिर ४ गते ११:११ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन । घाइते भएका मध्य ५ जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका–८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको भएको प्रहरीले जानकारी दिएको छ ।

जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको पनि प्रहरीले बताए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us