बाघको आक्रणबाट युवतीको मृत्यु, दुई महिला बेहोस

काठमाण्डु टुडे २०८० मंसिर ३ गते १९:३४ मा प्रकाशित

बर्दिया, ३ मंसिर– बाघ आक्रमणमा बर्दियामा एक युवतीको ज्यान गएको छ ।

मृत्यु हुनेमा २५ वर्षीया ममता सुनार रहेको बर्दिया प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालका अनुसार राजापुर नगरपालिका–१० सुकुम्बासी टोल नजिकै नेपाल–भारत सीमानाको वनमा घाँस दाउरा गर्न गएका बेला सुनारमाथि बाघले आक्रमण गरेको हो ।

बाघ आक्रमणबाट गम्भीर घाइते सुनारको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको अर्यालले बताए ।

सँगै घाँस दाउरा गर्न गएका दुई महिला सुनारलाई बाघले आक्रमण गरेको देखेपछि बहोस भएका थिए । उनीहरु दुवैको राजापुरमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us