महिला टी–२० सिरिजमा जापानलाई हराउँदै नेपाल तेश्रो

काठमाण्डु टुडे २०८० मंसिर ३ गते ११:०३ मा प्रकाशित

काठमाण्डु,३ मंसिर– हङकङमा जारी चार देश संलग्न महिला टी–२० सिरिजमा नेपाल जापानलाई हराउँदै तेश्रो भएको छ ।

हङकङ क्रिकेट क्लब मैदानमा आइतबार बिहान नेपालले जापानलाई ४५ रनले हराएको हो । नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जापान पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ७० रनमै सीमित रह्यो ।

जापानका लागि ओपनर अकरी निशिमुराले ५१ बलमा २ चौका प्रहार गर्दै २९ रन बनाइन् । हिनासे गोटोले १६ र अहिल्या चन्डेलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि संगीता राई, इन्दु बर्मा, सीता रानामगर, खुशी डंगोल र सोनी पाख्रिनले एकएक विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो ।

नेपालका लागि ओपनर पुजा महतोले सर्वाधिम ४३ रन बनाइन् । उनले ५१ बलमा ३ चौका प्रहार गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us