

काठमाण्डु,२ मंसिर– सन २०२६ मा हुने फिफा विश्वकप को शुक्रबार बिहान छनोट खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भयो । ब्युनोस आयर्समा भएको अर्जेन्टिना र उरुग्वेको भिडन्तमा पुनः एकपटक लियोनेल मेस्सी चर्चाको केन्द्रमा आएका छन ।
खेलको २० औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेरा र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलबिच विवाद भएको थियो । दुई खेलाडीबिच मौखिक वादविवाद भइरहेको थियो, त्यति नै बेला मेस्सी प्रवेश गरेर विवादलाई थप उग्र बनाए र विवादले उग्र रुप लियो ।
मेस्सीले पहिले कुहिनाले ओलिभेराको छातीमा हाने भने त्यसपछि देब्रे हातको उनको घाँटी समाएका थिए । ओलिभेरा भने मेस्सीको हर्कतभन्दा पनि पाउलसँग विवादमा व्यस्त थिए ।
त्यसको केही क्षणमा खेलाडीहरूले विवाद साम्य पारेका थिए । सो खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भयो । विश्व विजेता टोली २–० ले स्तब्ध बन्यो ।