जापानविरुद्ध नेपाल ६७ रनले विजयी

काठमाण्डु टुडे २०८० मंसिर २ गते १२:४४ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो ।

नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएप५ नेपाल ६७ रनले विजयी भएको हो ।

जापानकी मेग गावाले १७ र सेइक सुमीले १३ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।नेपालकी संगीता राई एक्लैले पाँच विकेट लिएकी थिइन । यस्तै पूजा महतो र अस्मिना कर्माचार्यले दुईरदुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । यस्तै, कप्तान इन्दु बर्माले २७, पूजा महतोले १३ र सीता रानामगरले ९ रनको योगदान गरे ।

काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य एक रनमा अविजित रहे । जापानकी एलिना कुसुदा नायरनले दुई, मेग गावा र अयुमी फुजिकावाले एकरकए विकेट लिएका थिए ।

महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरीयतामा तान्जानिया १९औं, नेपाल २१औँ, हङ्कङ २२औँ र जापान ५१औं स्थानमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us