माओवादी केन्द्रका नेता बर्तौलालाई खुकुरी हान्ने समूहका तीन जना पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर १ गते १६:५७ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– प्रहरीले नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान रहेका छन ।

२२ कात्तिकमा बानेश्वरमा बर्तौलामाथि खुकुरीप प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो । माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो ।

प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि सांघातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो ।

घटना भएको दिन शेरबहादुरले पछाडिबाट खुकुरी हानेका थिए । बर्तौलामाथि आक्रमण गरेपछि उनीहरु एउटा घरमा पुगेर कपडा फेरेर नयाँ बसपार्क पुगेका थिए, जहाँबाट झापा हुँदै हुँदै इलाम पुग्ने व्यवस्था टेकबहादुरले मिलाए ।

प्रहरीले घटनाको योजनाकार भने खुलाएको छैन । तर आक्रमणको योजना काठमाण्डुको एक होटलमा बनाएको र यसबारे तीन जना नै जानकार रहेको प्रहरीको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us