नक्कली नोटसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर १ गते १६:१० मा प्रकाशित

काठमाण्डु, १ मंसिर– प्रहरीले पर्साको वीरगञ्जबाट नक्कली नोटसहित दुईलाई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका–३ का उमेश कुमार रहेका छन ।

वीरगञ्जको सिटी मार्केटमा कपडा खरिद गरेर नक्कली नोटहरू दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीलेउनीहरुलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्सका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिएका छन ।

उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको र पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको थापाले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us