काठमाण्डु, १ मंसिर– सन २०२६ मा हुने फिफा विश्वकप को छनोट खेलमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन ।
दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भएको हो ।
विश्वकप छनोट खेलमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात्रामा ब्रेक लागेको छ ।
अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको खेलमा उरुग्वेलाई जित दिलाउन रोनाल्ड अराउजोले ४१औं र डार्विन नुनेजले ८७औं मिनेटमा गोल गर्दै अर्जेन्टिना उरुग्वेसँग २–० ले जित हात पारेको हो ।
हारका बाबजुत पनि ५ खेलबाट १२ अंक रहेको अर्जेन्टिना अंक तालिकामा शीर्ष स्थानमा कायम रहेको छ । यस्तै तेस्रो जित हात पारेको उरुग्वे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । यस्तै सबै भन्दा धेरै पटक विश्वकप फुटबल विजेता राष्ट्र ब्रजिल पनि सन २०२६ हुने विश्वकप खेल्न नपाउने भएको छ ।
शुक्रबारनै भएको अर्को खेलमा लुइस डियाजले दुई गोल गरेपछि कोलम्बियाले ब्राजिलविरुद्ध २–१ को जित निकालेको छ । गाब्रिएल मार्टिनेलीले चौथो मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगाउन ब्रजिलले जोगाउन सकेन ।
कोलम्बियाले अन्तिम १५ मिनेटभित्र दुई गोल गर्दै ब्रजिल कोलम्बियासँग २–१ ले पराजित भएको हो ।लुइस डियाजले ७५औं मिनेटमा कोलम्बियाका लागप बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नै डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै कोलम्बियाले खेल जितेको हो ।
जितपछि कोलम्बिया ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । छनोटमा कोलम्बिया अपराजित छ । पराजित ब्राजिलको ५ खेलबाट ७ अंक छ र पाँचौ स्थानमा झरेको छ ।
छनोटकै अन्य खेलमा बोलिभियाले पेरुलाई २–० ले पराजित गर्दा चिली र पाराग्वे तथा भेनेजुएला र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि भेनेजुएला ५ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।
समान ५ अंक रहेको इक्वेडर, पाराग्वे र चिली क्रमशस् छैटौं, सातौं र आठौं स्थानमा छ । पहिलो जित निकालेको बोलिया ३ अंक जोडेर नवौँ स्थानमा छ भने जितिविहन पेरु १ अंकसहित दशौँ स्थानमा रहेको छ ।