नुहाउने क्रममा खोलामा डुबेर पुरुषको मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक २७ गते ११:२८ मा प्रकाशित

सिन्धुली, २७ कात्तिक– सिन्धुलीमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

दुधौली नगरपालिका–५ सिर्थौलीका ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहानै खोलामा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us