
काठमाण्डु,२६ कातिक– आईसीसी विश्वकप क्रिकेटमा भारतका श्रेयस ऐयर र केएल राहुलले शतक बनााएका छन ।
उनीहरुको शतक र पाँचौ विकेटका लागि गरेको २०८ रनको साझेदारीको मद्दतमा भारतले नेदरल्याण्डसलाई ४११ रनको लक्ष्य दिएको छ ।
बैंगलुरुमा नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गरेको भारतका लागि चौथो नम्बरमा ब्याटिङमा आएका ऐयरले ८४ बलमा शतक पूरा गरेका हुन् ।
उनी १२८ रनमा नट आउट भए । उनले तेस्रो विकेटका लागि विराट कोहलीसँग ७१ रनको साझेदारी गरेका थिए ।
कोहली ५१ रन बनाउन सफल भएका हुन । यस्तै पाँचौं नम्बरमा ब्याटिङ गरेका केएल राहुलले ६२ बलमा शतक पूरा गरे ।
उनी ५० ओभर पूरा हुन १ बल बाँकी छँदा १०२ रनमा आउट भए । ओपनर रोहित शर्मा ६१ र शुभमन गिल ५१ रनमा आउट भएका हुन ।