खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक २६ गते १७:३६ मा प्रकाशित

काठमाण्डु,२६ कातिक– सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–५ का ६० वर्षीय सरलु कुमर रहेका छन ।

दुधौली नगरपालिका–५स्थित कमला खोलामा कुमरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिएका छन ।

आइतबार बिहान साढे ९ बजे उनी खोलामा नुहाउन गएका थिए । खोलाले बगाएको देखेपछि स्थानीय बालबालिकाहरूले देखेर होहल्ला गरेपछि प्रहरीलाई खबर गरिएको थियो।

सरलुलाई पानीबाट निकालेर हेर्दा मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us