आईसीसी विश्वकप क्रिकेट अफगानिस्तानले दक्षिण अफ्रिकालाई सेमिफाइनल पुग्न ४३८ रनले हराउनुपर्ने

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, २४ कातिक– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानको सामना गर्दैछ ।

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने उक्त खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने भएको छ ।

दक्षिण अफ्रिका जारी विश्वकपमो सेमिफाइनलमा पुगिसकेको छ भने अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी रहेको छ ।

भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् । अब न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तामध्ये एक टोलीले मात्र सेमिफाइनलमा पुग्ने छन ।

त्यसमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सम्भावना अत्यन्तै बढी रहेको छ । पाकिस्तान र अफगानिस्तानको सम्भावना भने प्राविधिक रुपमा मात्र बाँकी रहेको छ ।

प्रारम्भिक चरणमा आफ्नो सबै खेल खेलिसकेको न्युजिल्यान्ड १० अंकसहित तालिकाको चौथो स्थानमा आसिन रहेको छ ।

एक खेल खेल्न बाँकी पाकिस्तान आठ अंकसहित पाँचौँ स्थानमा रहेको छ । शुक्रबार दक्षिण अफ्रिकासँग आफ्नो अन्तिम खेल खेल्ने तयारीमा रहेको अफगानिस्तान आठ अंकसहित तालिकाको छैठौँ स्थानमा आसिन रहेको छ ।

तर, नेट रन रेटमा पाकिस्तानी र अफगानिस्तानभन्दा न्युजिल्यान्ड निकै अगाडि छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us