
काठमाण्डु, २० कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाने भएका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोट र रूकुमपश्चिम जाने कार्यक्रम छ ।
यसअघि राष्ट्रपतिले युरोप भ्रमणको कार्यक्रम स्थगन गरेका थिए । राष्ट्रपति २२ कात्तिकमा युरोप भ्रमणमा निस्कने तय भएको थियो ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १ सय ७५ जनाको ज्यान गएको थियो ।
भूकम्पमा गरी २ सयभन्दा बढी घाइते छन् ।