ओमानको दोस्रो विकेट गुल्सनले लिए, तोडे ओमानले बनाइरहेको फराकिलो साझेदारी

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १४:१२ मा प्रकाशित

काठमाण्डु, १९ कातिक– टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेल अन्तर्गत नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

आक्रामक जवाफी ब्याटिङ गरिरहेको ओमानको दोस्रो विकेट गुल्सन झाले लिएका हुन् । १८ बलमै ३३ रन प्रहार गरिसकेका अकिब ल्यासलाई झाले सन्दीप जोराबाट क्याच आउट गरएका हुन् । ओमानले दुई विकेटको क्षतिमा ९ ओभरमै ९७ रन बनाइसकेको छ ।

पहिलो विकेट सोमपाल कामीले लिएका थिए । २७ रन जोड्दा विकेट गुमाएको ओमानका लागि कश्यप प्रजापतिसँग अकिबले आक्रमक खेल्दै ९४ रनको साझेदारी गरिसकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us