
काठमाण्डु, १९ कातिक– टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेल अन्तर्गत नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो पहिलो विकेट गुमाएको छ ।
नेपाली टोलीका बलर सोमपाल कामीले ओमानको पहिलो विकेट लिएका हुन् । उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतिक अथावालेलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन ।
सोमपालले प्रतिकलाई एलबीडब्लूको धरापमा पारेका हुन् । विकेटकिपर ब्याट्सम्यान प्रतिक आउट हुँदा ओमानले ३ ओभरमा २७ रन बनाउन सफल भएको छ ।