

काठमाण्डु, १७ कात्तिक– आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत मुलपानी मैदानमा जारी युएईविरूद्धको सेमिफाइनलमा नेपालका ओपनिङ ब्याट्म्यान आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
युएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल अहिले ब्याटिङमा छ । आसिफले ३९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ६ चौका र १ छक्का प्रहार गरे । जारी खेलमा दुई विकेट गुमाएर नेपालले १३ ओभरमा ९३ रन जोडेको छ ।