

काठमाण्डु, १६ कात्तिक– नेपाल ट्वान्टी–२० विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग पराजित भएको छ ।
समूह चरणको अन्तिम खेलमा रोमाञ्चक ५ रनको हारपछि नेपालले समूह उपविजेता भएको छ । हारसँगै नेपालले ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइलनमा यूएईसँग खेल्नेछ ।
नेपाल र यूएईबीचको सेमिफाइनल खेल शुक्रबार मूलपानी क्रिकेट मैदानमा हुनेछ । यूएईले समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।
ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अलआउट भयो ।
यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले ९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो ।