काठमाण्डु, १४ कात्तिक–अर्जेन्टिनी फुटबर लिओनल मेसीले आठौंपटक बालोन ‘डी’ ओर अवार्ड जितेका छन् ।
गत वर्ष कतारमा भएको विश्वकपको उपाधि आफ्नो देशलाई जिताउन भूमिका खेलेका ३६ वर्षीय मेसीलाई पेरिसमा आयोजित समारोहबीच आठौंपटक उक्त उपाधि दिइएको हो ।
म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड र फ्रान्सका फरवार्ड केलियन एमबाप्पेलाई पछि पार्दै मेसीले कीर्तिमानी बालोन ‘डी’ओर अवार्ड जितेका हुन् ।
हालान्ड दोश्रो र एम्बाप्पे तेश्रो भए । अवार्ड जितेपछि मेसीले आफूलाई खुसी लागेको बताए ।
विश्वभरका १ सय खेल पत्रकारले गरेको मदतानका आधारमा ‘डी’ ओर अवार्डको विजेत विजेता चयन गरिन्छ । यो अवार्ड सर्वाधिक जित्ने पहिलो खेलाडी पनि मेसी नै हुन् ।
यसअघि उक्त अवार्ड पोर्चुगलका स्टाइकर क्रिस्टियानो रोनाल्डोले जितेका थिए ।