
काठमाण्डु, १६ असोज–चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३रनले पराजित भएको छ।
मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएकोनेपालले ९ विकेटको क्षतिमा १७९ रन जोड्यो ।
नेपालका ओपनरद्वय कुशल भुर्तेल २८ रन र आसिफ शेख १० रनमा आउट भए । कुशल मल्लले २२ बलमा २ चौका र २ छक्काकोमद्दतमा २९ रन जोडे ।
रोहित पौडेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्का हिर्काउँदै ३५ रन बनाए । ऐरीले १४ ओभरमा शिवम् दुवेलाईलगातार ३ छक्का प्रहार गरेका थिए ।
सोमपाल कामी ७, गुल्सन झा ६ रन र सन्दीप लामिछाने ५ रनमा आउट भए । करण केसीले १३ बलमा नटआउट १८ रन जोड्दा १ चौकार २ छक्का प्रहार गरे ।
खेलमा नेपालले भारतविरूद्ध १४ छक्का र ११ चौका हिर्काएको थियो । बलिङमा भारतका रवि बिश्नोइ र आवेश खानले ३–३ विकेटलिए । अर्शदीप सिंहले २ विकेट लिन सफल भए ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोड्यो । नेपाल र भारतबीचको यो पहिलो टी–२० अन्तर्राष्ट्रियखेल हो ।
भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे । उनले ४९ बलमा ८ चौका र ७ छक्का हाने । शतक प्रहार गरे लगत्तै जैशवालदीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए । रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे ।
भारतका कप्तान रूतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे । भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रनजोडेको थियो ।
यस्तै तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे ।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।