
काठमाण्डु, १६ असोज–चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ ।
लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई लगातार तेस्रो सफलता दिलाएका हुन् । लामिछानेले जितेश शर्मालाई ५ रनमा क्याच आउट गरे । यअसघि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।
नेपालविरुद्ध भारतका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे ।