नेपालविरुद्ध भारतको विस्फोटक ब्याटिङ, ओपनर जैसवालले हाने तशक

काठमाण्डु टुडे २०८० असोज १६ गते ८:१२ मा प्रकाशित

काठमाण्डु, १६ असोज– चीनमा जारी १९औं एसियाडअन्तर्गत पुरुष क्रिकेटको क्वाटर फाइनलमा भारतका ओपनर यशस्वी जैसवालले विष्फोटक ब्याटिङ गरेका छन् ।

उनले नेपालविरुद्ध शतक प्रहार गरेका छन् । जैसवालले ४८ बलमा १०० रन बनाएका हुन् । उनले ७ छक्का र ८ चौका प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले यो समाचार तयार पार्दासम्म जैसवालको विष्फोटक ब्याटिङमा १६ ओभरमा चार विकेटको क्षतिमा १ सय ४९ रन बनाएको छ ।

जैसवाललाई शतक बनाएपछि दीपेन्द्रसिंह ऐरीले क्याच आउट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us