दुई केजी ७ सय ग्राम सुनसहित विमानस्थलबाट महिला पक्राउ

काठमाण्डु टुडे २०८० असोज १३ गते १८:४१ मा प्रकाशित

काठमाण्डु, १३ असोज– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी ७ सय ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ ।

फ्लाइ दुबईको जहाजबाट शुक्रबार नेपाल आएकी फिलिपिनो महिलाको साथबाट उक्त परिमाणमा प्रहरीले सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार शंकास्पद गतिविधि देखेर चेकजाँच गर्दा पगालेर तरल अवस्थामा ल्याइएको सुन बरामद भएको हो । चन्दका अनुसार महिलाले भित्री बस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् । प्रहरीले सुनसहित ती महिलालाई विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाएको छ ।

यसअघि गत २ साउनमा मोटरसाइकलको बे्रेक सुमा लुकाएर हङकङबाट ल्याइएको सुन विमानस्थल भन्सार पास भएर बाहिरिएपछि राजश्व अनुसन्धान विभागको टोलीले निामंगलबाट पक्राउ गरेको थियो । त्यसयता पनि सुन तस्करी नरोकिएको पछिल्ला घटनाक्रमले देखाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us