
काठमाण्डु, १२ असोज– नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर अष्ट्रेलिया पलायन भएका छन् ।
विमल शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । १४ वर्षकै उमेरमा सन् २०१२ मा राष्ट्रिय टिमबाट खेलेका घर्तीमगर खेल जीवनमा सधैं चर्चामा रहे ।
सन् २०१३ मा भएको साफ गेममा १५ वर्षकै उमेरमा विमलले राष्ट्रिय टिमका लागि गोल गरेका थिए । विमल नेपालका लागि गोल गर्ने कान्छा खेलाडीसमेत हुन् ।
विमल गत सिजनको लिगमा मछिन्द्र एफसीमा थिए । विमलले नेपालका ३९ खेलमा ९ गोल गरेका छन् ।
पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु अष्ट्रोलिया पलायनको क्रम बढेको छ ।
दुई वर्षमा दुई दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया भासिएका छन् ।