
काठमाण्डु, १० असोज– साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।
घरेलु मैदान दशरथ रंगशालामा बुधबार भएको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको हो । भारतका लागि खेलको पहिलो हाफको २६औं मिनेटमा साहिल खुर्शिदले गोल गरेका थिए ।
दोस्रो हाफको ७४औं मिनेटमा नेपालका समीर तामाङले भारतर्लाइ गोल फर्काएर टिमलाई बराबरीमा ल्याए । अतिरिक्त समयमा समेत खेल बराबरीमा सकिएपछि पेनाल्टी शुट आउटबाट फाइनलमा जाने टोली चयन भएको हो ।
भारत पेनाल्टी सुटमा तीन गोल गर्न सफल भयो । पाँचमध्ये दुई प्रहार नेपाली गोल किपरको असफल पारे ।
नेपालले भने दुई गोल मात्र गर्न सक्यो । भारतले अब फाइनलमा पाकिस्तानको सामना गर्नेछ । बुधबारै भएको खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै पाकिस्तानले पाmइनल यात्रा तय गरेको हो ।