नेपालका कुशल मल्लले क्रिकेटमा बनाएर विश्व कीर्तिमान

काठमाण्डु टुडे २०८० असोज १० गते ८:४७ मा प्रकाशित

कञ्चनपुर, १० असोज– नेपालका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

चीनमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत मंगोलियासँगको खेलमा मल्लले २० मिनेटमा ३४ बलमा शतक पुरा गरेर कीर्तिमान रचेका हुन् । मल्लले ५० बलमा अविजित एक सय ३७ रन बनाए ।

टी–२० मा यसअघि ३५ बलमा शतक बनेको थियो । ३५ बलमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिनका सुदेश विक्रमशेखरका नाममा उक्त कीर्तिमानी थियो ।

बेंग्लोरबाट खेलेका उनले आईपीएलमा सन् २०१३ मा पुणे वारियर्ससँगको खेलमा ३० बलमा शतक जोडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us