
काठमाण्डु, ६ असोज–नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का विजयी भएका छन् ।
शनिबार भएको निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।
कुल ८५ मत खसेकामा पारसले ४८ र प्रशान्तविक्रमले ३७ मत पाए ।
अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ६ पदमा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सचिवसहित ११ पदका लागि भने निर्वाचनभएको थियो ।