क्यान निर्वाचनको मतगणनाः सचिवमा पारस खड्का झिनो मतले अगाडि

काठमाण्डु टुडे २०८० असोज ६ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, ६ असोज– नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

सचिव र १० केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

अध्यक्ष, उपाध्क्ष, कोषाध्यक्ष र एक केन्द्रीय सदस्य भने निर्विरोध निर्वातिच भइसकेका छन् ।

सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ । २५ मत गणना हुँदा पारसले अग्रता लएका छन् ।

पारसले १३ र मल्लले १२ मत पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us