
काठमाण्डु, ६ असोज– नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।
एकल उम्मेवारी परेपछि चन्द निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । चन्दलाई अध्यक्षमा चुनौती दिने भन्दै उम्मेदवारी दिने घोषणा गरेका बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले प्रस्तावक र समर्थक दुवै पाएनन् ।
उपाध्यक्षमा पनि एक जनाको मात्र उम्मेदवारी परेपछि रोशन सिंह निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध भए ।
सचिवमा भने नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ । खड्का हाल बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष छन् ।
यसअघि पनि सचिव रहेका मल्ल विवादित भएपछि कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए ।