बॅाकेको राप्तीसोनारी गाउॅपालिकामा लुटपाट

काठमाण्डु टुडे २०८० असोज १ गते १९:५९ मा प्रकाशित

काठमाण्डु, असोजबाँकेको राप्ती सोनारी गाउँपालिका भगरा गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीलेसुरक्षाको माग गरेका छन्

भगरा गाउँमा आइतबार राति हतियारसहित आएको १०/१२ जनाको समूहले धनबहादुर लामिछाने मगर ओमप्रकाश मालीकोघरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका का वडाध्यक्ष रामलखन थारूले जानकारी दिए

उनका अनुसार राति करिब १२ बजे आएको लुटेराको समूहले भगरा गाउँका दुई परिवारका घरमूलीलाई बाँधेर करिब दुई तोला सुन, तीनकिलो चाँदी, दुई लाख ५० हजार नगद दुई थान खसी लुटेर लगेको पीडित परिवारले बताएका छन्

राति नै प्रहरीलाई खबर गरे पनि समयमै नपुगेका कारण लुटेराहरू सजिलै भागेको पीडित धनबहादुरले बताए

राप्ती नदी तटीय क्षेत्रमा रहेको भगरा गाउँ राप्ती सोनारी गाउँपालिका को विकट क्षेत्रमा पर्दछ। फत्तेपुर प्रहरी चौकीको कार्यक्षेत्रमा पर्नेभए पनि भगरा गाउँ डुडुवा गाउँपालिकास्थित वेतहनी प्रहरी चौकीबाट नजिक पर्ने वडाध्यक्ष थारूले बताए

२०/३० वर्ष उमेर समूहका लुटेराहरूले लुटपाट मच्चाएपछि अहिले भगरागाउँवासी त्रसित भएको स्थानीयवासी सुनकुमार घर्तीले बताए।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाको जानकारी पाउनासाथ घटनास्थलमासुरक्षाकर्मी परिचालन गरिएको बताए

तीन जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us