
रौतहट, ३० भदौ– रौतहटमा एक युवकको छुरा प्रहार गरी हत्या भएको छ ।
कटहरिया नगरपालिका–५ का २५ वर्षीय सुनिल यादवको शुक्रबार छुरा प्रहार गरी हत्या भएको हो । रौतहटका डिएसपी दामोदरकेसीका अनुसार
छिमेकी ५० वर्षीय रामबाबु शाहले छुरा प्रहार गरेका हुन् । सामान्य भनाभनका कारण घटना भएको थियो।
छुरा प्रहारबाट गम्भीर घाइते यादवलाई उपचारका लागि गौर पुर्याएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
छुरा प्रहार गर्ने रामबाबुलाई प्रहरीले गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय गौरमा राखिएको छ। घटनामा थप अनुसन्धानभइरहेको डिएसपी केसीले जानकारी दिए ।