नेपालबाट भागेका चिनियाँ सुन तस्कर भारतमा पक्राउ

काठमाण्डु टुडे २०८० भदौ २८ गते ११:०२ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– ६० केजी सुन तस्करी प्रकरणमा फरार एक चिनियाँ नागरिक भारतीय प्रहरीको हिरासतमा भेटिएका छन् ।

चिनियाँ नागरिक पेङ योङसिनलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । उनलाई नेपाल ल्याउने तयारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जनाएको छ ।

श्रोतका अनुुसार भारतीय सशस्त्र सीमा बल एसएसबीले गत ३ साउनमा सिलिगुढीबाट पक्राउ गरेको श्रोतको भनाइ छ । चेकजाँचका क्रममा नेपाली नागरिकता देखाएका उनको साथबाट प्रहरीले चिनियाँ पासपोर्ट फेला पारेपछि पक्राउ गरेको थियो ।

गत २ साउनमा त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको तस्करीको ६ केजी सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट पक्राउ गरेको थियो ।

सीआईबीले उक्त प्रकरणबारेको छानबिन प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बुझाएको छ । प्रतिवेदनमा ५० जनालाई तस्करीमा अभियुक्त बनाइएको छ । जसमध्ये योङसिन पनि एक हुन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us