
काठमाण्डु, २१ भदौ– जनमत पार्टीले नोपलका लागि चिनियाँ राजदूत राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ ।
सांसदसमेत रहेका उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा लिएर बोल्दै विवादास्पद अभिव्यक्ति दिएका कारण चिनियाँ राजदूतलाई फिर्ता पठाउन माग गरेका हुन् ।
नेपाल– भारत सम्बन्धबारे तेश्रो मुलुकका राजदुतले बोल्ने कुटनीतिक मर्यादाविपरीत रहेको भन्दै खानले आपत्ति जनाए । उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण लिन पनि माग गरे ।
‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनश्यता बढाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ’ खानले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’
राजधानीमा आयोजित एक कार्यक्रममा राजदूत सङले भारतसँग नेपालको किन सधैं व्यापार घाटा भइरहन्छ भन्नेबारे नेपालले सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए ।