
काठमाण्डु, १८ भदौ– एसिया कप २०२३ अन्तर्गत भारतविरूद्धको खेलमा अर्धशतक प्रहार गर्ने आसिफ शेख आउट भएका छन् ।
९७ बल आसिफले ८ चौकासहित ५८ रन बनाए । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफलाई गुमाएको हो ।
योसँगै भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।