भारतविरुद्ध नेपालको सय रन पूरा

काठमाण्डु टुडे २०८० भदौ १८ गते १७:०५ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– एसिया कप– २०२३ अन्तर्गत भारतविरूद्ध नेपालले सय रन पूरा गरेको छ ।
२१।३ ओभरमा ३ विकेट गुमाएर नेपालले सय रन पूरा गरेको हो । सय रन पुरा गर्दासम्म नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २ रनमै आउट भए ।
कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा बोल्ड भएका छन् ।त्यसअघि भीम सार्की ७ रनमा भारतका रविन्द्र जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भएका छन् ।
ओनपर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । आसिफ शेखसँग उनले पहिलो विकेटका लागि ९।५ ओभरमा ६५ रनको साझोदरी गरे । भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us