अराजक अभिव्यक्तिपछि बालेनः सहानुभूतिका लागि भ्रामक प्रचार गरेको खुलासा

काठमाण्डु टुडे २०८० भदौ १७ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– सामाजिक सञ्चालमा अराजक स्टाटस पोष्ट गरेपछि विवादमा तानिएका काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उनका समथर्कले ‘इस्यु डाइभर्ट’ गर्न निकालेको फण्डा झुठो भएको खुलासा भएको छ ।

बालेन पत्नी सबिना सवार गाडी शनिबार राति कोटेश्वरमा चेकजाँचमा परेको थियो । शनिबार सार्वजनिक बिदाको दिन जिल्ला प्रशासनको अनुमति नलिई सरकारी गाडी चलाएको भन्दै प्रहरीले अबदेखि त्यसो नगर्न भनेका थिए ।

सोही विषयमा बालेनले अबदेखि महानगरका गाडी प्रहरीले रोके सिंहदरबारमा आगो लगाउने धम्कीपूर्ण स्टाटस फेसबुकमा पोष्ट गरेका थिए ।

बालेनको हर्कत पदीय मर्यादाविपरीत रहेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि उनले आफूप्रति सहानुभूति बटुल्न नयाँ फण्डा झिके । त्यो हो बालेन दम्पत्तिलाई पुत्री लाभ भएको, सबिनालाई सुत्केरी बेथा लागेर अस्पताल लाँदै गर्दा प्रहरीले गाडी रोकेको ।

उनी सुत्केरी बेथा लेगेर नभई अस्पतालमा रहेकी छोरी भेटेर सिनामंगलस्थित निवास फर्कंदै गर्दा प्रहरी चेकिङमा जम्मा ४५ सेकेण्ड मात्र रोकिएकी थिइन् ।
काफ्लेले ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा गत ८ भदौमै छोरी जन्माएको खुलासा भएको छ । अस्पतालले तीन दिन राखेर उनलाई डिस्चार्ड गरिएको बताएको छ । शिशुको स्वाथ्यमा समस्या भएका कारण अझै अस्पतालमा राखिएको अस्पतालले पुष्टि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us