
एजेन्सी– इराकको राजधानी बग्दादमा तीन सय जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न तीन जनालाई मृत्यु दण्डको सजाइ दिइएको छ ।
७ वर्षअघि भएको बग्दाद बम विस्फोटको घटनामा संलग्न तीन जनालाई हालै मृत्यु दण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्युदण्ड दिइएकाहरुको परिचय गोप्य राखिएको छ । उक्त घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) ले लिएको थियो ।
प्रधानमन्त्री मोहम्मह शिया अल सुदानीको कार्यालयले दोषीहरुलाई उचित सजाँय स्वरुप फाँसी दिइएको पुष्टि गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार फाँसीको सजाँय पाउनेमध्ये एक गजवान अल जौबाई पनि छन् । उनलाई इराक प्रहरीले दुई वर्षअघि पक्राउ गरेको थियो ।
३ जुलाई २०१६ मा बग्दादको को मुख्य शिया मुस्लिम क्षेत्र कर्राडाको शपिङ सेन्टर नजिककै विस्फोटक पदार्थले भरिएको गाडीमा विस्फोट गराइएको थियो । विस्फोटपछि भवनमा भएको आगलागीमा जलेर तीन सय जनाले ज्यान गुमाएका थिए ।