काठमाण्डु, ५ भदौ– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय अनुशासन समितिमा मंगलबार ४ सदस्य मनोनित गरेका छन् ।
देउवाले केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई अनुशासन समिति सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । काँग्रेस अनुशासन समिति संयोजकमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना छन् ।
देउवाले २०७९ साउन २ मै ढुंगानालाई समिति संयोजक तोकेका थिए । ढुंगानाले अनुसशासन समितिमा सदस्य नहुँदा काम गर्न समस्या भएको गुनासो देउवासँग गर्दै आएका थिए ।
साउन २ देखि १० गतेसम्म चलेको काँग्रेस केन्द्रीय समिति बैठकमै ढुंगानाले समितिले पूर्णता नपाउँदा काम गर्न नसकिएको बताएका थिए ।