
काठमाण्डु, ५ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पश्चिमा शक्ति राष्ट्रले नेपाललाई चनिविरुद्ध उकास्न खोजेको आरोप लगाएका छन् ।
केन्द्रीय समिति बैठमा नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा नेपाललाई भारतसँग राम्रो सम्बन्ध बनाएर चीनविरुद्ध उकास्न खोजेको विश्लेषण गरेका हुन् । पश्चिमसँग चीनको अन्तर्विरोध चर्किदा भारत बढी सुरक्षित हुने उनको भनाइ छ ।
‘चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनकाविरुद्ध उकास्ने काम पश्चिमले गर्दैछ । त्यस्तै, पश्चिमसँग चीनको अन्तर्विरोध चर्किदा भारत बढी सुरक्षित हुनेछ’, नेपालले दस्तावेजमा लेखेका छन्, ‘दुवै एशियाली र प्राचीनतम सांस्कृतिक परम्परा भएका चीन र भारत कुनै दिन एक ठाउँमा उभिन सक्छन् भन्ने चिन्ताले पश्चिमको रणनीति प्रभावित भइरहने छ ।
आधुनिक भारत र चीनको जन्मदेखि नै पश्चिमले यस पक्षलाई ध्यान दिएको छ ।’ दुवै मुलुकमाथि निगरानी राख्नका लागि पश्चिमले नेपाललाई विभिन्न रूपमा प्रयोग गरिरहेको र गरिरहने नेपालले उल्लेख गरेका छन् ।