
काठमाण्डु, ४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक लम्बिएका कारण हिजो स्थगित भएको समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।
एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा बिहान ७ः३० मा बैठक बस्ने सो पार्टीका महासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
मोर्चाको अध्यक्षता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गर्दै आएका छन् । बैठकमा सरकारका काम, भ्रष्टाचार प्रकरणमा भइरेका छानबिन, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने मोर्चा आवद्ध दलका नेताहरुले बताएका छन् ।
सरकारमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गत ४ असारमा मोर्चा घोषणा गरेका थिए ।