
काठमाण्डू, ३ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
राष्ट्रपतिले प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई मंगलबार बिहान साढे ८ बजे शीतलनिवास बोलाएका हुन् । राष्ट्रपतिले संसदमा जारीगतिरोध अन्त्यका लागि दलका नेतालाई छलफलमा बोलाएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपतिले यसअघि प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी ओली र सभामुख देवराज घिमिरेसँग संसदमा जारी गतिरोध हटाउनेविषयमा छलफल गरेका थिए ।
आइतबार साँझ मात्र राष्ट्रपतिल् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शीतलनिवास बोलाएर छलफल गरे । राजश्वअनुसन्धान विभागले गत २ साउनमा नियन्त्रणमा लिएको तस्करीको ६० केजी सुन
प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर एमालेले १० साउनदेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।