
काठमाण्डु, ३ भदौ– काठमाण्डु महानगरपालिकाले आफू हातहतका सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजा व्यवस्था गरेको छ ।
यसअघि महानगरले कक्षा ८ सम्मका विद्यार्थीलाई यो सुविधा दिँदै आएको थियो ।
महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले सङ्घीय सरकारले कक्षा ६ सम्म दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँ दिँदै आएकामा महानगरले १५ रुपैयाँ रुपैयाँ थपेर ३० रुपौयाँ बनाएको बताए ।
भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयहरुलाई पत्राचार गरेको छ ।