मुग्लिन पुलमा झुण्डिएका परियारलाई सशस्त्र प्रहरीले बचायो

काठमाण्डु टुडे २०८० भदौ २ गते २०:३४ मा प्रकाशित

काठमाण्डु, २ भदौ– मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बलले धादिङ नीलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय कृष्ण परियारको उद्धार गरेको हो ।

परियार शनिबार चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुण्डिएका थिए ।

मानिस झुण्डिएको खबर पाएपछि गएको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट उनको जिवितै उद्धार गरेको हो ।

परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको छ । परियार किन पुलमा झुण्डिए भन्ने खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us