
पर्सा, २ भदौ– सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ ।
पर्सामा कार्यरत थपलियाको शनिबार हृदयघातका कारण निधन भएको सशस्त्र प्रहरी मुख्यायले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि थपलिको हृदयघातका कारण मृत्यु भएको पुष्टि गरे । शनिबार बिहान मात्र थापलियाले साइकलिङ गरेका थिए ।
साइकलिङ गरेर कार्यालय पुगेलगत्तै अचेत भएका उनको तत्काल मृत्यु भएको बताइएको छ ।