
काठमाण्डू, २ भदौ–प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि संसदमा जारी अवरोध हट्ने दाबी गरेकाछन् ।
रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा श्रद्धाञ्जली प्रचण्डलेअवरोध हटाउने पहल जारी रहेको बताए ।
गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले संसद खुलाउन आज साँझ सत्तारुढ गठबन्धनसहित प्रमुखप्रतिपक्ष दलसँग छलफल आयोजना गरिएको उल्लेख गरे । संसदको अवरोध हटाउन शुक्रबार पनि आफूले सभामुख देवराज घिमिरेसंगफलफल गरेको उनको भनाइ थियो । एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग राखेरपटकपटक संसद् अवरुद्ध गर्दै आएको छ ।