
काठमाण्डु, १ भदौ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सबै उच्च नेताको सम्पत्ति छानबिन हुने बताएका छन् ।
नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनको शुक्रबार उदघाटन गर्दै उनले सरकारले राजनीतिक दलका उच्च नेता र उच्चपदस्थ कर्मचारीका सम्पत्ति छानबिन गर्ने बताए ।
वर्तमान सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै अकुत सम्पत्ति छानबिन गर्ने उल्लेख गरेको गुरुङको भनाइ थियो । ‘उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ’, गुरुङले भने, ‘भन्नका लागि होइन गर्नका लागि कार्यक्रममा राखिएको हो ।’
६० केजी सुन तस्करी प्रकरणमा ठूलो मानिसको संलग्नता रहेको दाबी गुरुङले गरे । ती ठूला मानिस को हुन भन्ने उनले थप खुलाएनन् ।