प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सभामुख, के भयो कुराकानी ?

काठमाण्डु टुडे २०८० भदौ १ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच शुक्रबार भेटवार्ता भएको छ ।

संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र सभामुखबीच भेटघाट भएको हो ।

तस्करीको ६० केजी सुन पक्राउ परेको प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर एमालेले गत १० साउनयता लगातार संघीय संसदका दुवै सभाको बैठक अवरुद्ध गर्दै आएको छ । भेटमा सभामुख घिमिरेले संसद सुचारु गर्न सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले पनि सभामुखका हैसियतमा संसदको अवरोध हटाउन पहल गर्न भनेका छन् । यस्तै विषयगत संसदय समितिका सभापति चयनमा भइरहेको ढिलाइबारे समेत दुई बीच कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सभापति चयन नहुँदासम्म बैठकमा उपस्थित नहुने अडान राख्दै आएका एमाले र रास्वपाका सांसदले बिहीबार सार्वजनिक लेखा समितिको बैठक बहिस्कार गरेका थिए । कोरम नपुगेपछि बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us