
कञ्चनपुर, ३२ साउन– कञ्चनपुरको शुक्लाफाँटामा शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर जंगली हात्तीको ज्यान गएको छ ।
शुक्लाफाँटा नगरपालिका–७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर हात्रीको मृत्यु भएको हो । सो स्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै पर्छ ।
निकुञ्ज प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा फसेर मृत्यु भएको अवस्थामा फेला परेको बताए ।
मृत हात्तीलाई बाहिर निकालेर शव परीक्षणपछि अन्त्येष्टि गरिने निकुञ्जले जनाएको छ ।