जनतामा एमालेविरोधी मनोविज्ञान फैलाइयोः पोखरेल

काठमाण्डु टुडे २०८० साउन ३१ गते १६:५२ मा प्रकाशित

धनगढी, ३० साउन– एमाले महासचिव शंकर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नराखेको दाबी गरेका छन् ।

धनगढीमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले एमालेलाई सत्ताको चासो नभएको बताए ।

सत्तालाई भन्दा पार्टीले जनताका पक्षमा कसरी काम गर्ने सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । पोखरेलले एमाले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको बताए ।

उनले जनतामा एमालेविरुद्ध विचित्रको मनोविज्ञान फैलाइएको उल्लेख गरे । यद्यपि एमाले राष्ट्र र जनजतालाई केन्द्रमा राखेर अघि बढ्ने उनले बताए ।

स्वार्थी तत्वले जति घेराबन्दी गरे पनि जनता एमालेका पक्षमा रहेको जिकिर पोखरेलले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us