
काठमाण्डु, ३१ साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शिता कागम गर्न लागि परेको बताएका छन् ।
सिंहदरबारस्थित कार्यालयमा बुधबार महालेखा परीक्षकको वार्षिक प्रतिवेदनसम्बन्धी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गर्न कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्ले नेतृत्वमा गएको टोलीसँगको कुराकानीमा उनले सरकारको प्रयासमा राज्यका सबै अंगले सघाउनुपर्ने बताए ।
राज्यका सबै निकायले जनताको विश्वास आर्जन गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । ‘हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान् अभियानमा छौं । सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्त्वपूर्ण शर्त हो। तर, आम जनतामा राज्य र राज्यका विभिन्न अंगप्रतिको विश्वास कमजोर भएको बेला छ । इमान्दारिता र पारदर्शिताको तह घटेर तल गएको छ’, उनले भने, ‘यो स्थितिलाई बदल्नैपर्छ। विश्वासनीयता कसरी कायम गर्ने । पारदर्शिता कसरी गराउने । सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ ।’
कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरिका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने जानकारी गराएको छ । लेखापरीक्षणका लागि उपसचिवस्तरको अडिटर र अधिकृतस्तरका लेखापरीक्षकहरू खटिने कार्यालयले जनाएको छ ।